समाज

सिरहाको इलेक्ट्रोनिक्स सेन्टरमा आगलागी, करोडको क्षति

सिरहाको इलेक्ट्रोनिक्स सेन्टरमा आगलागी, करोडको क्षति

चैत्र–२६ । सिरहाको मिर्चैया–५ स्थित यशोदा इलेक्ट्रोनिक्स सेन्टरमा शनिबार विहान आगलागी हुँदा एक करोडभन्दा बढीको सामान जलेर नष्ट भएको छ । जीवन श्रेष्ठको आफ्नै घरमा सञ्चालित इलेक्ट्रोनिक्स गोदाममा हावाहुरीसँगै परेको चट्याङले आगलागी भएको हुनसक्ने प्रहरीले बताएको छ । आगलागीबाट एलसिडी रेफ्रिजेरेटर, राइसकुकर, आइरण मेसिनलगायत एक करोड १५ लाख रुपैयाँ बराबरको इलेक्ट्रोनिक्स सामान जलेर कामै नलाग्ने भएको ईलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ । राति २ बजेतिर सुरु भएको आगलागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय बासिन्दा, मिर्चैया, गोलबजार, लहान र सिरहाबाट आएको वारुण यन्त्रणको सहायताले दुई घण्टापछि नियन्त्रणमा आएको थियो ।

आगलागी इलेक्ट्रोनिक्स सेन्टर सिरहा

विशेष