‘विवाहपछि पनि लुकीलुकी लभ गरें’


चैत २६ । अभिनेता भुवन केसीले विवाहपछि पनि लुकीलुकी ‘लभ’ गर्ने गरेको खुलासा गरेका छन् । अभिनेता केसीले एक मिडियालाई दिएको अन्तरवार्तामा यस्तो खुलासा गरेका हुन् । अभिनेता केसी विवाह पूर्व पनि एक दुईजनासँग पनि उनको नाम जोडिएको थियो । विवाह पछि पनि उनको एक दुईवटा अफेर भएको बताएका छन् । ‘श्रीमती रिसाउँथिन् तर म लुकीछुपी ढाटेर प्रेमिकालाई भेट्न जान्थेँ,’ उनले अन्तरवार्ताका क्रममा भने । पछिल्लो समय निर्माण गरेको फिल्म ‘ड्रिम्स’ को सफलता पछि उनी अहिले फिल्म ‘कृ’ के निर्माणमा व्यस्त रहेका छन् । bhuwan kc