मनोरञ्जन

कपिलको लाेकप्रियता खस्किदै, सुनिललाई लिएर सोनीले गर्यो यस्तो निर्णय

कपिलको लाेकप्रियता खस्किदै, सुनिललाई लिएर सोनीले गर्यो यस्तो निर्णय
चैत २६ । सोनी च्यानलबाट प्रदर्शनमा आउने ‘द कपिल शर्मा शो’ ले नयाँ मोड लिएको छ । शोका हाँस्य कलाकार कपिल शर्माले सञ्चालन गर्दै आएको उक्त शो कपिल र सुनिल ग्रोभरबीचको झगडापछि सोनी च्यानलले हस्तक्षेप गर्दै कपिल र सुनिललाई अलग अलग शो गर्न लगाउने निर्णय गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

समाचारमा बताइएअनुसार अव कपिल शर्मा शोमा कपिलले छुट्टै आफ्नो भाग गर्ने छन् भने सुनिलले आफ्नो भाग गर्ने छन् । सुनिलले सोनीसँग गरिएको सम्झौताका कारण शो छोड्न नमिल्ने भएकाले यस्तो निर्णय गरिएको हो । केही हप्ता अगाडि अस्ट्रिलियाबाट मुम्बइ फर्किने क्रममा कपिल सुनिल लगायतका सहकलाकारलाई गाली गरेका थिए । उक्त घटनापछि सुनिल, चन्दन प्रभावकरले शोमा काम नगर्ने घोषणा गरेका थिए । सञ्चारमाध्यममा अहिले आएका समाचारहरु हेर्दा यी दुईबीचको समस्या सुल्टिने छाँटकाँट देखिदैँन । सुनिल, चन्दन प्रभाकरजस्ता कलाकारले सो छोडेपछि ‘कपिल शर्मा सो’ को टिआरपी घट्दै गएका कारण सोनी च्यानलले अब कपिलको सोको ठाउँमा सुनिललाई राख्ने निर्णय गरेको खबर भारतीय सञ्चारमाध्यममा आएका छन् । सुनिल शोमा ‘डाक्टर महशुर गुलाटी’ र ‘रिंकु भाबी’लगायतका भूमिकामा चर्चित छन् । यिनै भूमिकालाई लिएर अन्य सो बनाउने निर्णय भएको भारतीय सञ्चारमाध्यमको दाबी छ । त्यस्तै, सुनिललाई अर्काे च्यानल कलर्सले सो सञ्चालन गर्नका लागि प्रस्ताव गरेपनि उनले स्वीकार नगरेको बताइएको छ । बलिउडका केही कलाकारहरुले भने सुनिल र कपिलले आफ्नो समस्यालाई सुल्टाएर सँगै उक्त सो चलाउनुपर्ने बताउँदै आएका छन् । उक्त सो कुनै पनि फिल्मको प्रचार गर्ने राम्रो ठाउँ भएकाले शोको लोकप्रियता घट्दै गए फिल्म उद्योगलाई पनि घाटा हुन जाने उनीहरुको भनाइ छ ।

kapil sharma Sunil Grovar

विशेष