स्वास्थ्य

योगका १६ फाइदा यस्ता छन्

योगका १६ फाइदा यस्ता छन्

हरेक मानिस स्वस्थ रहन चाहन्छन् । तर, जति कोसिस गरे पनि रागले छोड्दैन् । थाहै नदिकन रोग लाग्ने गर्छन् । स्वस्थ रहनको लागि मानिस बिहानबिहानै जीम गर्छछन्, दौड्छन्, नृत्य गर्छन्, कराते, ब्याडमिन्टन, एरोबिक जस्ता खेल खेल्छन्, तैपनि भनेजस्तो हुँदैन् । स्वस्थ रहनको लागि यस्ता उपाय अपनाए पनि पूर्ण रुपले फाइदा दिएको हुदैन् ।

स्वस्थ रहनको लागि जबसम्म योग गरिदैन तवसम्म कुनै उपाय सन्तुष्टि जनक हुन सक्दैन् । योग त्यस्तो माध्यम हो जसले शरीर र आत्मालाई एकाकार गर्दछ र मानिसलाई स्वस्थपनको आभाष गराउँछ । स्वास्थ्य विज्ञहरुका अनुसार रोग लाग्नुको मूख्य कारण फ्रि रेडिकल बढ्नु पनि एक हो । फ्रि रेडिकलले हाम्रो कोषिका तथा डीएनएलाई विकृत गर्छ ।

फ्रि रेडिकल बढ्ने कारणमध्ये अत्यधिक थकानयुक्त कसरत (दौड, एरोबिक, जिम) पनि एक हो । योगको अभ्यासपछि भने शरीरमा हल्कापन आउँछ र फ्रि रेडिकल बढ्न पाउँदैन । अरु व्यायामभन्दा योग नै उपयोगी हुनुका मूख्य बुँदाहरु निम्न छन् ।

-योगले सम्पुर्ण अंग तथा कोषलाई प्राणवान् र स्वस्थ बनाउँछ, भने अन्य अभ्यासले शरीरको बाहिरी भाग र मांशपेसीलाई मात्र प्रभाव पार्छ ।

-योग बिनाखर्चको गर्न सकिन्छ । यसमा न त सहयोगी चाहिन्छ न कुनै ठूलो उपकरण । जबकी अन्य अभ्यास गर्दा बढि खर्चिला हुन्छन् । ठूलो स्थान, साधन, सहयोगी आदिको आवश्यकता पर्दछ ।

-योग अभ्यासले मन र इन्द्रीय नियन्त्रण गर्न मदत गर्दछ भने अन्य अभ्यासबाट यस्ता प्रक्रिया नै छैन् ।

-योग मात्र यस्तो अभ्यास हो, जसका हरेक अभ्यासमा स्वासप्रस्वासको गहिरो प्रभाव र प्रयोग हुन्छ । जसबाट प्रयाप्त अक्सिजन ग्रहण गर्ने क्षमताको विकास हुन्छ ।

-योगका लागी धेरै खुराक आवश्यक पर्दैन, सामान्य खाना पर्याप्त छ । तर अन्य अभ्यासमा हेभ्भी डाइट को आवश्यता पर्दछ ।

-योगमा मात्र शरीरलाई खुम्च्याउने, तन्काउने र सिथिल गर्ने अभ्यास छ । जसबाट अत्यन्त कम शक्ति खर्चिएर शरीरिक तथा मानसिक लाभ प्राप्त गर्न सकिन्छ । कमजोर व्यक्तिले पनि योगको फाइदा लिन सक्छन् ।

-योगले रोगको प्रतिरोधात्मक क्षमतालाई विकास गर्छ र विकार शक्तिलाई निष्कासन गरी शरीरलाई रोगमुक्त बनाउन मदत गर्दछ ।

-योग गर्नाले रिढ लचिलो हुन्छ । रिढ को लचकता बढाउने राम्रो अभ्यास योगमा छ ।

-योगाभ्यासले सम्पुर्ण नश–नाडी तथा रक्तनली शुद्ध गर्छ । जबकी अरु शरीरिक व्यायाममा यस्तो पाइँदैन् ।

-योगमा फोक्सोलाई पर्याप्त खुम्च्याउने र फैल्याउने अभ्यास छ । जसले अक्सिजन लिने क्षमता बढाउँछ तर अन्य अभ्यासमा गहिरो स्वास लिने प्रक्रिया छैन जसले गर्दा फोक्सोको कम भाग मात्र सक्रिय रहन्छ ।

-योग गर्नाले कुनै सइड यफेक्ट हुदैन् जवकी अन्य अभ्यासबाट पाचन प्रणाली बिग्रने, लामो समय पछि मांशपेसी दुख्ने जस्ता समस्या आउन सक्छन् ।

-योगमा खाना तथा जीवनशैली व्यवस्थापनका विषयमा जीवनोपयोगी जानकारी पाइन्छ ।

-याेगले नैतिक शिक्षा , मनको निग्रह , बुद्घि विकास , सत्गुण विकास , शान्ति , अहिंसा तथा समग्र जिउने तरिका सिकाउँछ ।

-शरीरमा हर्मोन्स तथा यन्जाइमको सन्तुलन मिलाउन र शरीरलाई सक्रिय एवं ऊर्जावान् बनाउन योगकिो ठुलो भूमिका रहेको छ ।

-योग सर्वोत्तम पद्घति हो, जसले शारीरिक, मानसिक, बौद्घिक तथा आत्मिक विकासका लागि गरिन्छ । यसको दाँजोमा अन्य कुनै पनि शरीरिक व्यायाम आउनै सक्दैनन् ।

तसर्थ स्वस्थ रहनको लागि योग अति नै फलदायक मानिन्छ । अतः स्वास्थ्यका लागि सक्षम योगगुरुको आवश्यकतालाई विर्सनु हुदैन् । सुरुका दिनमा टीभी तथा सीडीका आधारमा योग सिक्नुभन्दा योगगुरुको मद्दतबाट सिक्नु राम्रो हो ।

yoga

विशेष