समाज

बौद्धको क्याफेमा झगडा, एकको मृत्यु, सञ्चालकसहित ६ पक्राउ

बौद्धको क्याफेमा झगडा, एकको मृत्यु, सञ्चालकसहित ६ पक्राउ
चैत - २६ । काठमाडौं महानगरपालिका–६ बौद्ध, रामहिटीस्थित क्याफे निरभानामा खानपिनकोक्रममा झगडा हुँदा गम्भीर घाइते भएका एकजनाको उपचारकाक्रममा शनिबार मृत्यु भएको छ । शुक्रबार साँझ खानपिन भइरहेकाबेला क्याफे सन्चालक तेन्जिङ ग्याल्छो लामा, गोकर्णेश्वर नगरपालिका–१२ का नुर्बु शेर्पालगायत ६ जनाले बौद्ध बस्ने पेम्बा शेर्पालाई कुटपिट गरी गम्भीर घाइते बनाएका थिए । उनको उपचारकाक्रममा नेपाल मेडिकल कलेज अत्तरखेलमा मृत्यु भएको प्रहरीले जनाएको छ । घटनामा संलग्न क्याफे सञ्चालक लामासहित ६ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । यसैगरी, लागुऔषध नाइट्रोभेट ५० पत्ता (एक हजार पाँचसय ट्याब्लेट)सहित प्रहरीले शनिबार एकजनालाई पक्राउ गरेको छ । पक्राउपर्नेमा सप्तरी इटहरि विष्णुपुल–८ का रुपेश यादव रहेको प्रहरीले जनाएको छ ।

Fight Gyang fight

विशेष