मनोरञ्जन

अक्षयको नेसनल अवार्डलाई मजाक बनाइयो

अक्षयको नेसनल अवार्डलाई मजाक बनाइयो
चैत्र २७ । अक्षय कुमारले नायकका रुपमा अनगिन्ती फिल्म खेले । उनी ११ पटक फिल्म फेयर अवार्डको मनोनयानमा परे तर विजेता दुई पटक मात्र भए । उनले उत्कृष्ट भिलेनको अवार्ड पनि पाए । उनलाई यसपटक उत्कृष्ट नायकको रुपमा नेशनल अवार्ड दिइएको छ । ६४ वर्षे इतिहासमा नेसनल अवार्ड भने ठूलै हाँसोको विषय बनेको छ । क्यानडाका लागि ठूलो दिन रहेछ । उक्त देशका नागरिकले अक्षय कुमारले अभिनयमा भारतको नेसनल अवार्ड जितेका छन् । एक टवीटेले क्यानडाका नागरिक बोकेका अक्षय कुमारको देशभक्तिलाई कटाक्ष गरेका छन् । अवार्डको विवाद बढ्दै जाँदा अक्षय कुमारले भने ‘रुस्तम’का लागि नभई ‘एयरलिफ्ट’का लागि अवार्ड जितेको अभिव्यक्ति दिएपछि आगोमा घ्यु थप्ने काम भएको छ ।

Askhay Kumar Indain National Award

विशेष