मनोरञ्जन

सचिनकी छोरी रणवीरसँग मस्तीमा

सचिनकी छोरी रणवीरसँग मस्तीमा
चैत्र २७ । अभिनेता रणविर सिंह र क्रिकेटर सचिन तेन्दुल्करकी छोरी साराको सेल्फी अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । उनीहरुको सेल्फी सार्वजनिक भए पछि विभिन्न कमेन्ट आउन थालेका छन् । कोहिले साराले फिल्ममा करिअर बनाउन चाहेको बताएका छन् । सामाजिक सञ्जालमा भाइरल भएको उनीहरुको तस्विर एक पार्टीको हो । जहाँ सचिनकी पत्नि अञ्जली र छोरी सारा उपस्थित थिए । यहि मौका छोपेर साराले रणविरसँग सेल्फी लिइन । यो फोटो अहिले चर्चामा रहेको छ । यस अघि पनि सारा फिल्ममा आउने चर्चा थियो । यसका बारेमा सचिनले नै मुख खोल्नु परेको थियो । उनले त्यति बेला भनेका थिए ‘उनी फिल्ममा आउने कुनै आधार छैन ।’

Ranveer Sara

विशेष