खेल

तेस्रो संकरणको माइभ्याली कपमा झापा–११ च्याम्पियन

तेस्रो संकरणको माइभ्याली कपमा झापा–११ च्याम्पियन

चैत २६ । इलाममा सम्पन्न तेस्रो माइभ्याली गोल्डकप फुटबल प्रतियोगितामा झापा ११ च्याम्पियन बनेको छ ।

इलामको ठूलो टुँडिखेलमा शनिबार भएको फाइनलमा त्रिभुवन आर्मी क्लबलाई ‘टाइब्रेकर’मा ४–२ ले हराउँदै झापाले उपाधि जितेको हो । निर्धारित ९० मिनेटको खेल र अतिरिक्त समयमासमेत गोल हुन नसकेपछि खेल टाइब्रेकरमै निर्णायक भएको हो । सेमिफाइनलमा झापाले सशस्त्र प्रहरीलाई र आर्मीले नेपाल पुलिस क्लबलाई हराएका थिए ।

झापाका प्रशिक्षक संजय राई, गोलकिपर किरण गिरी, डाइलिएन लोक्तान क्रमश उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट गोलकिपर र उत्कृष्ट डिफेन्डरको उपाधि हात पारे भने त्रिभुवन आर्मीका सन्तोश तामाङ र टंक बस्नेतले उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट फरवार्डको उपाधि पाए । उनीहरुले जनही २५ हजार प्राप्त गरे भने त्रिभुवन आर्मीका विवेक बस्नेत मोस्ट भ्यालुएवल प्लेयरको उपाधि पाए । उनले मोटरसाईकल प्राप्त गरे ।

त्यस्तै सर्वाधिक गोलकर्ताको उपाधि नेपाल प्रहरीका अविशेक रिजालले प्राप्त गरे उनले नगद २५ हजार पाए ।  उपाधिसँगै झापाले चार लाख तथा उपविजेता आर्मीले दुई लाख रुपैयाँ पुरस्कार जितेको छन् ।

Mai Vally cup

विशेष