खेल

आइपीएलमा आज दुई खेल हुँदै, हिजोको खेलमा बेङ्लोर र पञ्जाव विजयी

आइपीएलमा आज दुई खेल हुँदै, हिजोको खेलमा बेङ्लोर र पञ्जाव विजयी

चैत्र २७ । दशौं संकरणको इण्डियन प्रिमियर लिग (आईपीएल)मा शनिबार भएको खेलमा किङ्स ११ पञ्जाव र रोयल च्यालेन्जस बेङ्लोर विजयी भएका छन् ।

शनिबार भएको खेलमा किङ्स इलाभेन पञ्जावले राइजिङ पुने सुपरजाइन्टलाई र रोयल च्यालेन्जस्ले दिल्ली डेयर डेभिल्सलाई पराजित गरेका हुन् । हिजो भएको पहिलो खेलमा किङ्स इलाभनेले पुनेलाई ६ विकेटले पराजित गरेको हो । टस हारेर पहिले व्याटिङ गरेको पुनेले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ६३ रन बनाएको थियो । पुनेका लागि सर्वाधिक रन बेन स्टोकले अर्धसतक बनाए भने मनोज तिवारीले नटआउट ४० रन बनाएका थिए । पुनेलाई कम स्कोरमा समेटन सन्दिप शर्माले २ विकेट लिए । उनले पुरै चार ओभर फाल्दै ८ डटबलका साथ ३३ रन दिएका थिए । जवाफि व्याटिङ गरेको किङ्स इलाभेनले १९ औं ओभरमा लक्ष्य भेट्टायो । पञ्जावका लागि ग्लेन म्याक्सवेलले विष्फोटक पारी खेल्दै २० बलमा नटआउट ४४ रनको योगदान गरे । म्याक्सवेल खेलको म्यान अफ द म्याच भए ।

त्यस्तै गएराती भएको अर्को खेलमा रोयलले दिल्लिलाई १५ रनले पराजित गरेको छ । टस हारेर पहिले व्याटिङ गरेको रोयलले मध्यम स्कोर बनाएको थियो । उसले निर्धारित २० ओभरमा १ सय ५७ रन बनाएको थियो । मध्यम स्कोर बनाएको रोयलका लागि केदार जादबले ६९ रन बनाए भने सेन वाट्सनको २४ रन बाहेक अरु व्याट्सम्यान चल्न सकेनन् । जवाफि व्याटिङमा आएको दिल्ली १ सय ४२ रनमा समेटियो । दिल्लीलाई सस्तैमा समेटन इकबाल अब्दुल्ला, पवन नेगी र बिली स्टान्केले समान २-२ विकेट लिए ।

प्रतियोगिता अन्तर्गत आज दुई खेल हुने छन् । आजको पहिलो खेलमा डिफेन्डिङ च्याम्पियन सनराइज हैदराबादले गुजरात लायन्ससँग मध्यान्ह ४ बजे खेल्ने छ भने मुम्बइ इन्डियन र कोलकोत्ता नाइट राइडर्स राति ८ बजे आमने सामने हुने छन् ।

Indian Primerar League

विशेष