खेल

ला लिगामा बार्सिलोनाको लज्जास्पद हार, रियलले बराबरी खेल्यो

ला लिगामा बार्सिलोनाको लज्जास्पद हार, रियलले बराबरी खेल्यो

चैत्र २७ स्पेनिश ला लिगामा बार्सिलोना पराजित भएको छ ।

स्पेनिश ला लिगामा गए राति भएको खेलमा डिफेन्डिङ च्याम्पियन बार्सा मालागासँग २–० गोल अन्तरले पराजित भएको छ । बार्सालाई पराजित गर्न खेलको ३२ औं मिनेटमा सान्डो रमिज र ९० औं मिनेटमा जोनीले गोल गरे ।

त्यस्तै गएराति भएको अर्को खेलमा रियल म्याड्रिड र एथलेक्टीको म्याड्रिडले १–१ गोलको बराबरी खेलेका छन् । खेलको दोस्रो हाफका ५२ औं मिनेटमा रियलका मार्सेलेको गोल मार्फत अग्रता लिएको रियलले आफ्नो अग्रता जोगाउन नसक्दा खेलको ८५ औं मिनेटमा ग्रिजम्यानले गोल गरे ।

त्यस्तै गए राति नै भएका अन्य खेलमा स्पानियोलले एल्भासलाई १–० गोल अन्तरले पराजित गरेको छ भने सेभिलाले डेपोर्टिभोलाईलाई ४–२ गोल अन्तरले पराजित गरेको छ ।

ला लिगामा ३० खेलबाट ७२ अंकका साथ रियल मड्रिड लिग तालिकाको शिर्ष स्थानमा रहेको छ भने एक खेल बढी खेलेको बार्सिलोनाको ६९ अंक रहेको छ ।

la liga

विशेष