खेल

प्रिमियर लिगमा चेल्सीले अंक दुरी बढायो, कसको कति अंक

प्रिमियर लिगमा चेल्सीले अंक दुरी बढायो, कसको कति अंक

चैत्र २७ । इङ्लिस प्रिमियर लिगमा चेल्सीले ७ अंकको अग्रता लिएको छ ।

गएराति भएको खेलमा चेल्सीलाई बर्ममाउथलाई ३–१ गोल अन्तरले हराउँदै अंकतालिको अग्रतालाई शिर्षमा कायमै राखेको छ । चेल्सीलाई विजयी गराउन खेलको १७, २० र ६८ औ मिनेटमा क्रमशः एडम स्मिथ, इडन हर्जाड र मार्कोसले गोल गरे भने बर्ममाउथका खेलाडी जोस्वा किङले खेलको ४२ औं मिनेटमा गोल गरे ।

त्यस्तै गएराति नै भएका खेलमा टोटनह्यामले वार्टफोर्डलाई ४–० फराकिलो गोल अन्तरले पराजित गरेको छ भने म्याचेस्टर सिटीले हलसिटिलाई ३–१ ले पराजित गर्यो । त्यस्तै लिभरपुलले स्टोकलाई २–१ ले हराउँदा साउथह्याम्टनले वेष्ट बोर्मलाई १–० गोलले पराजित गर्यो । वेष्ट ह्यामले स्वान्सी सिटीलाई १–० ले पराजित गर्यो । गएराति भएको अर्को खेलमा मिडल्स ब्रो र बर्नेलीले गोलरहित बराबरी खेलेका छन् ।

प्रिमियर लिगको अंक तालिकामा चेल्सीले ३१ खेलमा ७५ अंकका साथ शिर्ष स्थानमा रहेको छ भने समान खेल खेलेको टोटनह्याम ६८ रहेको छ भने तेस्रोमा लिभरपुलले ३२ खेलका साथ ६३ अंक बटुलेको छ । तालिकामा म्यानचेस्टर सिटी र आर्सनल क्रमश चौथो र पाँचौ स्थानमा रहेका छन् ।

Primer League

विशेष