अर्जुन रामपालले फुटाए फोटो पत्रकारको टाउको

चैत्र २७ । अभिनेता अर्जुन रामपालले एक फोटो पत्रकारलाई पिटेका छन् ।
फोटो पत्रकारले अर्जुन रामपालका विरुद्ध प्रहरीमा जाहेरी दर्ता गराएका छन् । जब अर्जुन रामपाल एक फाइभ स्टार होटलमा बसिरहेका थिए क्यामराम्यान शोभितले उनको तस्विरको लिने कोशिस गरिरहेको बेलामा रामपालले उनको क्यामराले उनैको टाउकोमा प्रहार गरे । रामपालको आक्रमणबाट शोभितको टाउको फुटेको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।
प्रहरीले रामपाललाई कारबाही गर्ने बचन दिएको छ । क्यामराम्यान उपचारका लागि अहिले अस्पतालमा रहेका छन् ।
Arjun Rampal