समाज

डेढ वर्ष बिना कसुर कारावासमा बिताउँदा पनि कानुनी झन्झट

डेढ वर्ष बिना कसुर कारावासमा बिताउँदा पनि कानुनी झन्झट
चैत्र–२७ । दुई वर्षअघि भारतमा धार्मिक प्रवचन सुन्न पुगेका करिब २५ नेपाली डेढ वर्ष कारागारमा बसेपछि पनि अहिलेसम्म कानुनी झन्झटबाट मुक्त हुन पाएको छैन् । ‘पूर्ण ब्रह्म कवीर उपासक समाज’ नेपालले आज विराटनगरमा पत्रकार सम्मेलन गरी नेपालीलाई कानुनी झन्झटबाट मुक्त पार्नका लागि नेपाल सरकारलाई पहल गर्न आग्रह गरेको छ । भारतको हरियाणा राज्यस्थित हिसार बलवालाको सतलोक आश्रममा रामपालजी महाराजको प्रवचन सुन्ने क्रममा विसं २०७१ कात्तिकतिर २४ नेपालीसहित नौ सय भारतीय पक्राउमा परेको समाजका कामु अध्यक्ष केशवप्रसाद मैनालीले बताए । पक्राउमा परेका सबै जनालाई डेढ वर्ष कारावासमा राखिएको र अहिले भारु एक लाख धरौटी लिएर १५–१५ दिनमा उपस्थित हुन तारेखमा राखिएको उनले जानकारी गराए । बिनाकसुर पक्राउमा परेका नेपालीको कानुनी झन्झट अन्त्य गर्नका लागि सरकारलाई ठोस कदम चाल्न माग गरिएको छ । रासस

कानुनी झन्झट कारावास धार्मिक प्रवचन नेपाली भारत

विशेष