Technology

बर्दियामा विद्युत् चुहावट ४० प्रतिशत, दुई सय ९५ जना कारबाहीमा

बर्दियामा विद्युत् चुहावट ४० प्रतिशत, दुई सय ९५ जना कारबाहीमा
चैत्र–२७ । नेपाल विद्युत प्राधिकरण गुलरिया वितरण केन्द्रले विद्युत् चोरी गरी प्रयोग गर्ने दुई सय ९५ जनालाई कारबाही गरेको छ । घरायसी तथा व्यापारिक प्रयोजनका लागि विद्युत् चोरी गर्दै आइरहेका त्यस्ता व्यक्तिलाई कारबाही गरिएको गुलरिया वितरण केन्द्रका प्रमुख अवधेशकुमार गुप्ताले बताए । उनले बर्दियामा विद्युत् चुहावटले विकराल समस्या बनाइरहेको हुँदा यसलाई न्यूनीकरण गर्न आफूहरु लागि परेको जानकारी दिए । चालू आर्थिक वर्षको फागुन मसान्तसम्म विद्युत् चोरी गर्ने करिब तीन सयजनालाई पक्रेर गरिएको कारबाहीमा रु २४ लाख विगोबापत क्षतिपूर्ति समेत असुल गरिएको छ । विद्युत् चुहावटकै कारण लोडसेडिङ बढाउनुपर्ने अवस्था बर्दियामा छ । अहिले बर्दियामा करिब ४० प्रतिशत विद्युत् चुहावट हुने गरेको पाइएको छ ।

कारबाही बर्दिया विद्युत् चुहावट

विशेष