समाज

थ्रेसर मेसिनमा च्यापिएर युवकको मृत्यु

थ्रेसर मेसिनमा च्यापिएर युवकको मृत्यु
चैत्र–२७ । थ्रेसर मेसिनमा च्यापिएर गएराति मोरङमा एक युवकको मृत्यु भएको छ । पथरी–शनिश्चरे–७ स्थित मुक्तिचोक बस्ने १६ वर्षीय सन्दिप मण्डलको मृत्यु भएको पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ । स्थानीय एक व्यक्तिको घरमा राखिएको गहुँबालीमा थ्रेसर मेसिन लगाउने क्रममा अचानक थ्रेसरभित्र पस्दा उनी थ्रेसरबाट काटिएपछि मृत्यु भएको बताइएको छ । रासस

थ्रेसर मेसिन मृत्यु मोरङ युवक

विशेष