डिपिएलको उद्घाटन खेलमा नेपाल ११ ले धनगढी ११ लाई हरायो
चैत्र–२७ । धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेटको उद्घाटनको मैत्रीपूर्ण खेलमा नेपाल ११ ले धनगढी ११ लाई पराजित गरेको छ ।
नेपाल ११ ले धनगढीलाई ३१ रनले पराजित गरेको हो । टस जितेर पहिले ब्यटिङ गरेको नेपाल ११ ले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ६१ रन बनाएको थियो । टोलीका लागि पारस खड्काले ६८ र बसन्त रेग्मीले ४३ रन बनाए ।
त्यस्तै जवाफी ब्यटिङमा उत्रेको धनगढीले १ सय ६२ रन पक्ष्याउने क्रममा २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ३० रनमात्र बनाउन सफल भयो । धनगढीका लागि सुनिल धमलाले ३४ र दिपेन्द्रसिंह ऐरीले २६ रन बनाए ।
डिपिएलको पहिलो खेल सोमबार बिहान ९ बजे सिवाइसि अत्तेरिया र काठमाडौं गोल्डेन तथा दिउँसो १ बजे रुपन्देही च्यालेन्जर्स र कञ्चनपुर आइकोनबिच खेल हुनेछ ।
धनगढीमा खेल हेर्न आउने तीन हजार दर्शकसम्म अटाउने अस्थाई प्याराफिट सहितको रंगशाला बनाइएको छ । प्रतियोगितामा ६ टोलीको सहभागिता रहेको छ ।
प्रतियोगिता विजेताले १५ लाख र उपविजेताले ७ लाख रुपैयाँ नगद पुरस्कार पाउने छन् । खेल हेर्न ३०, ५०, ८० र एक सय रुपैयाँको टिकटको व्यवस्था गरिएको छ ।
उद्घाटन खेल
क्रिकेट
डिपिएल
धनगढी ११
धनगढी प्रिमियर लिग
नेपाल ११