समाज

आगलागीबाट २७ घर नष्ट

आगलागीबाट २७ घर नष्ट
चैत्र–२७ । सुनसरीको बराह नगरपालिका– ९ राजाबासमा आगलागी हुँदा २७ वटा घर जलेर नष्ट भएको छ । स्थानीयवासी रविन घिमिरेका अनुसार सो क्षेत्रमा आगो फैलिँदै गएको छ । सदरमुकाम इनरुवा, इटहरी र धरानबाट मगाइएको दमकलको सहयोगमा आगो निभाउने काम भइरहेको छ । आगो बस्तीमा फैलने क्रम बढ्दै गएपछि स्थानीयवासी त्रसित बनेका छन् । आगो फैलन नदिन स्थानीयवासी र प्रहरीले समेत प्रयास गरिरहेका छन् । रासस

आगलागी सुनसरी

विशेष