समाज

सवारी दुर्घटना गराए १० वर्ष कैद

सवारी दुर्घटना गराए  १० वर्ष कैद

चैत २८ । लापरबाही ढङ्गले सवारी चलाई दुर्घटना भएमा सवारीचालकलाई अब १० वर्षसम्म कैद सजाय हुने भएको छ ।

संसद्को विधायन समिति अन्तर्गतको उपसमितिले केही नेपाल ऐन संशोधन, एकीकरण तथा खारेज विधेयकको प्रतिवेदन पारित गर्दै यस्तो व्यवस्था गरेको हो ।

उपसमितिले चालकलाई धरौटीमा छाड्ने व्यवस्थालाई निरुत्साहित गर्न कम्तीमा तीन वर्षको सजाय हुने प्रस्ताव गरेको छ । उपसमितिको प्रस्ताव समितिले पारित गरेपछि संसद्मा पेस गरिनेछ ।

मूल विधेयकले कम्तीमा दुई वर्षको प्रस्ताव गरेको थियो । प्रचलनमा रहेको मुलुकी ऐन अदालती बन्दोबस्त ११८ नम्बरबमोजिम तीन वर्ष वा सोभन्दा बढी कैद दाबी गरिएको मुद्दा धरौटीमा राखेर पुर्पक्ष अघि बढाउनुपर्ने व्यवस्था छ ।

उक्त व्यवस्था र संसद्मा विचाराधीन फौजदारी संहिताअनुसार मिलाई उपसमितिले कम्तीमा तीन वर्षको कैदको व्यवस्था गरेको हो । सवारीचालकलाई ३० हजार रुपियाँदेखि एक लाख रुपियाँसम्म जरिवानाको प्रस्ताव पनि उपसमितिले गरेको छ ।

Accident

विशेष