समाज

बर्दियाको भुरीगाँउमा बस दुर्घटना ३४ घाइते, ७ को अवस्था गम्भिर

बर्दियाको भुरीगाँउमा बस दुर्घटना ३४ घाइते, ७ को अवस्था गम्भिर
चैत्र २८ । पुर्व पश्चिम राजमार्ग अन्र्तगत बर्दियाको ठाकुरबाबा नगरपालिका १ भुरीगाउँमा गएराति ११ बजे यात्रु बोकेको रात्रि बस दुर्घटना हुँदा ३४ जना घाईते भएका छन् । सुदुरपश्चिमको दार्चुलाबाट काठमाडौैँ तर्फ गईरहेको ना ६ ख १२२७ नम्बरको रात्रि बसले बिपरित दिसाबाट आईरहेको मोटरसाईकललाई जोगाउन खोज्दा दुर्घटना हुँदा ३४ जना यात्रु घाईते भएको ईलाका प्रहरी कार्यालय भुरीगाउँले जनाएको छ । यात्रुबाहक बस राजमार्गमै पल्टिीएको छ । अधिकाँश यात्रुको टाउको चोट लागेको र केहीको हात खुट्टा भाँचीएको प्रहरीले जनाएको छ । घाईते मध्ये ७ जनाको अवस्था गम्भिर रहेको छ । घाईते सबैलाई भुरीगाउँको स्थानिय केपी पोलीक्लिनिकमा प्राथमिक उपचारपछी थप उपचारका लागि नेपालगंज मेडिकल कलेज कोहलपुर पठाईएको ईलाका प्रहरी कार्यालय भुरीगाउँले जनाएको छ ।

Accident

विशेष