समाज

दोलखामा जीप दुर्घटना एकको मृत्यु, शसस्त्रका डिएसपी गभिर घाइते

दोलखामा जीप दुर्घटना एकको मृत्यु, शसस्त्रका डिएसपी गभिर घाइते

चैत २८ । दोलखाको सिंगटी नजिकै पर्ने विगु गाउँपालिका–७ मा शसस्त्र प्रहरीका डिएसपी सम्भुजंग थापा सहितका प्रहरी कर्मचारी सवार जीप दुर्घटनाग्रस्त भएको छ ।

दोलखाको लामाबगरबाट चरिकोटतर्फ आउँदै गरेको जिप बिगु–६ स्थित सडकबाट करिब २५० फिट तल खसेको जिल्ला प्रहरी कार्यालय दोलखाका डिएसपी रविन कार्कीले जानकारी दिए ।

कालीञ्चोक गाउँपालिस्थित माथिल्लो तामाकोसी हाईड्रोपावर सुरक्षा बेस इन्चार्जका रुपमा कार्यरत डिएसपी थापा दुर्घटनामा परेर गम्भीर घाईते भएका छन् । उनको टाउको र घाँटीमा चोट लागेको छ । जीपमा सवार हवल्दार मोहन बहादुर घिमिरको मृत्यु भएको छ । घाइते डिएसपी र जवानलाई थप उपचारको लागि काठमाडौं पठाईएको कार्कीले जानकारी दिए ।

Accident

विशेष