खेल

डिपिएलमा सीवाईसी अत्तरिया विजयी

डिपिएलमा सीवाईसी अत्तरिया विजयी

चैत्र २८ । धनगढी प्रिमियर लिगको आजको पहिलो खेलमा सिवाइसी अतरिया विजयी भएको छ ।

धनगढीमा भएको आजको पहिलो खेलमा सिवाईसी अतरियाले काठमाडौं गोल्डनलाई ४२ रनले पराजित गरेको छ । टस जितेर पहिले फिल्डिङ रोजेको काठमाडौं गोल्डनकालागि १ सय ४७ रनको लक्ष्य पाएको थियो ।

सीवाइसीकोलागि सर्वाधिक रन याेगेन्द्र सिंह कार्कीले ५७ रन बनाए भने सीवाइसीका कप्तान ज्ञानेन्द्र मल्ल ७ रनमा पेभिलियन फर्किएका थिए । जवाफि व्याटिङमा आएको काठमाडौं गाल्डने राम्रो सुरुवात गरेन ।

१८ दशमलव १ ओभरमा काठमाडौं गोल्डनले सबै विकेट गुमाउंदै जम्मा १ सय ७ रनमात्र जोड्न सक्यो । सीवाइसीको जीतसंगै अत्तरियाले २ अंक जोड्न सक्यो । अहिले रुपन्देही च्यालेन्जर्स र कन्चनपुर आइकोनिक विच खेल भइरहेको छ ।

DPL

विशेष