Technology

स्वास्थ्य तथा जनसंख्या वैज्ञानिक सम्मेलन सुरु

स्वास्थ्य तथा जनसंख्या वैज्ञानिक सम्मेलन सुरु
चैत्र २८ । स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको तेस्रो शिखर सम्मेलन आजबाट राजधानीमा सुरु भएको छ । तीन दिनसम्म चल्ने सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या क्षेत्रसँग सम्बन्धित नेपाल र विदेशका गरी एक हजार जनाको सहभागिता रहेको छ । सम्मेलनमा सम्मेलनमा स्वदेशी तथा विदेशी अनुसन्धानकर्ताहरुले ६३ अनुसन्धानमूलक कार्यहरुको मौखिक प्रस्तुति र १ सय २८ वटा पोष्टर प्रस्तुति गर्ने कार्यक्रम रहेको छ । ‘दीगो विकास लक्ष्यमा स्वास्थ्यः के हामी सही मार्गमा छौं ’ भन्ने नाराका साथ आयोजना हुने सम्मेलनका उत्कृष्ट ६ प्रस्तुतिकरणलाई पुरस्कृत गरिने आयोजक नेपाल स्वास्थ्य अनुसन्धान परिषदले जनाएको छ ।

Santist vela

विशेष