समाज

बिस्केट जात्रा भक्तपुरमा सुरु

बिस्केट जात्रा भक्तपुरमा सुरु

चैत्र २८ । बिस्केट जात्रा भक्तपुरमा आजबाट सुरु भएको छ । भैरवनाथको नित्यपूजासंगै सुरु हुने जात्रा वैशाख ५ गतेसम्म चल्नेछ ।

जात्राको पहिलो दिन काठैकाठले प्यागोडाशैलीमा निर्माण गरिएको तीनतले रथमा भैरवनाथको मूल देवता र बेताल देवता राखी पाँचतले मन्दिर प्राङ्गणबाट माथिल्लो र तल्लो टोलमा लैजाने परम्परा छ ।

वैशाख ५ गते भैरवनाथ र भद्रकालीको रथ तानेर जात्रा समापन गरिन्छ ।

विशेष