खेल

आइपिएलमा मुम्बईको पहिलो जित दर्ता, नाइट राइर्डस ४ विकेटले पराजित

आइपिएलमा मुम्बईको पहिलो जित दर्ता, नाइट राइर्डस ४ विकेटले पराजित
चैत्र–२८ । इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटको १० औं संस्करणमा मुम्बई इण्डियन्सले पहिलो जित दर्ता गरेको छ । आइतबार राति घरेलु मैदानमा भएको खेलमा मुम्बईले कोलकता नाइट राइर्डसलाई ४ विकेटले पराजित गरेको हो । टस जितेर बलिङ रोजेको मुम्बईले १ सय ७९ रनको लक्ष्य पाएको थियो । उक्त लक्ष्य मुम्बईले १ बल बाँकी रहँदा ६ विकेट गुमाएर भेट्टायो । मुम्बईको लागि नितिश रानाले ५०, पार्थिव पटेलले ३०, हार्दिक पाण्डेले नटआउट २९ तथा जोस बट्टलरले २८ रन बनाए । कोलकताको लागि अंकित राजपुतले तीन विकेट लिए । कोलकताले बलिङबाट मुम्बईलाई दबाबमा राखेपछि खेलको अन्तिम ५ ओभरमा मुम्बईलाई जितको लागि ६० रन चाहिएको थियो । तर मुम्बईको लागि नितेश र हार्दिकको विस्फोट ब्याटिङले दोस्रो हारबाट जोगायो । पहिले ब्याटिङ गरेको कोलकताले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ७८ रन बनाएको थियो । कोलकताका लागि मनिष पाण्डेले नटआउट ८१ रन बनाए । यस्तै क्रिस लिनले ३२ तथा कप्तान गौतम गम्भिरले १९ रन बनाए । मुम्बईका क्रुनल पाण्डेले तीन तथा लासिथ मालिंगाले दुई विकेट लिए ।

इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट जित मुम्बई इण्डियन्स

विशेष