खेल
आइपिएलः हैदरावादको लगातार दोस्रो जित
सोमबार, २८ चैत २०७३ गते प्रकाशित

चैत्र–२८ । इन्डियन प्रिमियर लिग (आइपिएल) मा सनराइजर्स हैदरावादले लगातार दोस्रो खेलमा पनि जित दर्ता गरेको छ ।
आइतबार भएको खेलमा हैदरावादले गुजरात लायन्सलाई ९ विकेटले पराजित गरेको हो । गुजरातले दिएको १ सय ३६ रनको लक्ष्य हैदरावादले २७ बल बाँकी छँदै १ विकेटको क्षतिमा भेट्टायो ।
हैदरावादको जितको लागि डेभिड वार्नरले नटआउट ७६ रन बनाए । यस्तै मौरिस हेनरिक्सले ५२ रन बनाए ।
पहिले ब्याटिङ गरेको गुजरात लायन्सले २० ओभरमा ८ विकेट गुमाएर १ सय ३५ रन बनाएको थियो । गुजरातलाई मध्यम स्कोरमा रोक्न रसिद खानले ३ विकेट लिए । उनी म्यान अफ द म्याच पनि भए ।
हैदरावादले लगातार २ खेल जितको छ भने गुजरातले २ वटै खेलमा पराजय व्यहोरेको छ ।
इन्डियन प्रिमियर लिग (आइपिएल)
गुजरात लायन्स
सनराइजर्स हैदरावाद