विद्यालय जाँदै गरेकी छात्राको जिपबाट खसेर मृत्यु

चैत्र–२८ । पर्वत जिल्लाकाे फलेवास नगरपालिका–७ की १६ वर्षीया धारणा पौडेलको आज बिहान जिपबाट खसेर मृत्यु भएको छ ।
फलेवास नगरपालिका–८ ठानामौलाबाट सदरमुकाम कुश्मातर्फ आउँदै गरेको ना ३ च १०७४ नम्बरको बोलेरो जिपमा विद्यालय पढ्न आउँदै गर्दा उनी अचानक खस्न पुगेकी थिइन् ।
गाडीबाट खसेर गम्भीर घाइते भएकी पौडेललाई उपचारको क्रममा पोखरा लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । उनी पर्वतको खानीगाउँस्थित भवानी विद्यापीठ माविमा कक्षा ११ मा अध्ययनरत थिइन् ।
बिहान घरबाट विद्यालय पढ्न आउँदै गर्दा बयरडाँडा भन्ने ठाउँमा अचानक गाडीबाट खस्दा उक्त दुर्घटना भएको हो । उक्त जिप र जिपका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
छात्रा
पर्वत
मृत्यु
विद्यालय