मनोरञ्जन

पाकिस्तानमा नाम शबानाको प्रदर्शनमा प्रतिबन्द

पाकिस्तानमा नाम शबानाको प्रदर्शनमा प्रतिबन्द

चैत्र – २८ । पाकिस्तान सेन्सर बोर्डले भारतीय चलचित्र नाम शबानालाई पाकिस्तानमा प्रदर्शन गर्न रोक लगाएको छ । भारतीय सञ्चारमाध्यम एबीपी न्युजका अनुसार आपत्तिजनक दृश्यका कारण पाकिस्तानले नाम शबानालाई पाकिस्तानमा प्रदर्शन गर्न रोक लगाएको हो । तर, अगिल्लो हप्ता भने पाकस्तिानले उक्त चलचित्रलाई प्रदर्शन गर्ने अनुमति दिएको थियो । इस्लामावादको एक सिनेमा हलले आपत्तिजनक दृश्यलाई नहटाएसम्म प्रदर्शन गर्न नदिने बताएपछि उक्त चलचित्रलाई पाकिस्तानले प्रतिवेन्द लगाएको हो । पाकिस्तानी सेन्सर बोर्डका अनुसार चलचित्रका केही आतंकवादसम्बन्धी आपत्तिजनक दृश्य रहेकाले नाम शबानालाई रोक लगाउनू परेको हो । नाम शबानामा अक्षय कुमार, मनोज बाजपेयी र तापसी पन्नूलगायतका कलाकारको अभिनय देख्न सकिन्छ ।

Nam Shabana

विशेष