समाज

अनुदान वितरण कार्य तीव्र, आजदेखी भूकम्प कम प्रभावित थप ४ जिल्लामा शुरु

अनुदान वितरण कार्य तीव्र, आजदेखी भूकम्प कम प्रभावित थप ४ जिल्लामा शुरु
चैत्र–२८ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्प कम प्रभावित १७ जिल्ला मध्ये थप ४ जिल्लामा पनि आजदेखी निजी आवास पुनर्निर्माणका लागी पहिलो किस्ताको अनुदान रकम वितरण शुरु गरेको छ । यसअघि प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा. गोविन्दराज पोखरेलले गत चैत्र २१ गते कास्कीको अन्नपुर्ण गाँउपालिकाबाट अनुदान वापतको पहिलो किस्ता बितरण कार्य शुरु गरेका थिए । बाँकी १६ जिल्ला मध्ये आज थप लमजुङ, पर्वत, धनकुटा र सोलुखुम्बुबाट पनि पहिलो किस्ता वापतको ५० हजार रुपैयाँ बितरण शुरु गरिएको प्राधिकरणका प्रवक्ता यमलाल भुसालले बताए । प्राधिकरणले एक साताभित्रमा बाँकी सबै जिल्लामा निजी आवास पुनर्निर्माणका लागी अनुदान बितरण शुरु गरिसक्ने तयारी गरेको छ । प्राधिकरणले भूकम्प अति प्रभावित १४ जिल्लामा अनुदान सम्झौता भइसकेका करिब ९८ प्रतिशत लाभग्राहीलाई अनुदान वापतको पहिलो किस्ता बितरण गरिसकेको छ भने ती जिल्लामा दोस्रो र तेस्रो किस्ता पनि तीव्र गतिमा बितरण भइरहेको छ ।

अनुदान रकम राष्ट्रिय पुनर्निर्माण प्राधिकरण

विशेष