खेल

डिपिएलः रुपन्देही च्यालेन्जर्सको विजयी सुरुवात

डिपिएलः रुपन्देही च्यालेन्जर्सको विजयी सुरुवात
चैत्र–२८ । धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेटको दोस्रो खेलमा रुपन्देही च्यालेन्जर्स विजयी भएको छ । धनगढीमा भएको खेलमा रुपन्देहीले कञ्चनपुर आइकोनलाई १४ रनले पराजित गरेको हो । टस जितेर पहिले ब्याटिङ गरेको रुपन्देहीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १४५ रन बनाएको थियो । रुपन्देहीको लागि हरिशंकर साहले सर्वाधिक ३३ रन बनाए । त्यस्तै प्रकाश केसीले २६, शंकर रानाले १९ र शक्ति गौचनले १६ रन जोडे । कञ्चनपुरको लागि कुशल भुर्तेलले सर्वाधिक ४ विकेट लिए । त्यस्तै अविनाश कर्णले २ र सुनिल धमलाले एक विकेट लिए । यस्तै जवाफि ब्याटिङमा उत्रेको कञ्चनपुरले २० ओभरमा ९ विकेट गुमाउँदै १३१ रन मात्रै बनाउन सफल भयो । कञ्चपुरका लागि सागर पुनले सर्वाधिक ३९ रन बनाए । यस्तै सुनिल धमलाले २८ र कुशल भुर्तेलले २७ रन बनाएपनि जितको लागि पर्याप्त भएन । रुपन्देहीका लागि साहव आलम र कृष्ण कार्कीले समान तीन–तीन विकेट लिए । त्यस्तै शक्ति गौचनले दुई र दिपेश श्रेष्डले एक विकेट लिए ।

क्रिकेट धनगढी धनगढी प्रिमियर लिग (डिपिएल) रुपन्देही च्यालेन्जर्स

विशेष