रजनीकान्तसँग भिड्दै आमिर खान

आमिर खानको फिल्म सेक्रेट सुपरस्टार र रजनीकान्त र अक्षय कुमार अभिनित फिल्म २.० भिड्ने भएका छन् । दुबै फिल्म आउँदो दिपावलीमा एकसाथ प्रदर्शन हुन भएका हुन् ।
अगस्त ११ मा दुई ठूला फिल्म टाइलेट एक प्रेम कथा र द रिंग प्रदर्शन हुँदै छन । त्यसैले निर्माताको साथमा दिपावलीको सप्ताहान्तमा रिलीज गर्ने बाहेक अरु बिकल्प नभएको बताइको छ ।
फिल्म अभिनेता आमिर खानले रजनी कान्तलाई फोन गरेर फिल्म जेध्न लागेको कुरासमेत बताएको भारतीय संचारमाध्यमले जनाएका छन् । ‘उनीहरु दुबैको सम्बन्ध राम्रो छ, रजनीको शुभकामनाको साथमा फिल्म दिपावलीमा प्रदर्शन गर्ने घोषणा गरिएको छ ।’ भारतीय सञ्चारमाध्यम एबीपी न्यूजले उल्लेख गरेको छ ।
फिल्ममा राष्ट्रिय पुरस्कार जितेको दंगलकी अभिनेत्री जायरा वसीम छिन्, उनलाई आमिरले दालमा तड्काको संज्ञा दिएका छन् । आमिर खान प्रोडक्सन्सको उक्तमा अद्वैतको पटकथा रहेको छ, जो यसका निर्देशकसमेत हुन् ।
Amir Khan
Rajani Kant