समाज

भक्तपुरमा विस्केटको रौनक (भिडियोसहित)

भक्तपुरमा विस्केटको रौनक (भिडियोसहित)

चैत्र २९ । भक्तपुरमा सोमबारबाट विस्केट जात्रा सुरु भएको छ ।

आठ रात नौ दिनसम्म मनाइने बिस्केट जात्रा भक्तपुरमा सुरु भएको हो । नववर्षको आगमनसँगै सुरु हुने भक्तपुरको प्रसिद्ध साँस्कृतिक एवं ऐतिहासिक महत्वको बिस्केट जात्रा विशेषगरि नेवारी समुदायको प्रमुख पर्वको रुपमा रहेको छ ।

काठमाडौ उपत्यकाको विभिन्न जात्राहरु भन्दा फरक खालको महत्व राख्ने बिस्केट जात्राको पहिलो दिन भैरवनाथ र भद्रकालीको रथ तानेर जात्रा सुरु गरिन्छ । चैत्र मसान्तका दिन बिहान तालाक्वस्थित कुमाले टोलमा हात नभएको लिङ्गो र साँझपख योसिंखेल (भेलुखेल) मा बाजागाजा सहित शास्त्रोत्त विधि अनुसार पूजा गरि ५५ हाते लामो लिङ्गो उभ्याईन्छ । पुरानो वर्षको बिदाई र नयाँवर्षको आगमनको पूर्व सन्ध्यामा लिङ्गो उभ्याउने प्रचलन रहेको छ ।

बिस्केट जात्राको पाँचौ दिन अर्थात नयाँ वर्षको पहिलो दिन बैशाख १ गते लिंगो ढालिन्छ । अष्टमात्रिकाको प्रतिक मानिने लिंगोमा नागनागिनीको प्रतिक स्वरुप हलिंपतध्वजा बाँधेर फहराइन्छ । त्यसको लगत्तै खलाँ टोलमा भैरवनाथ र भद्रकालीको रथलाई एक आपसमा जुधाइने परम्परा छ ।

यो वर्ष प्रशासनले बिस्केट जात्रालाई सफल रुपले सञ्चालन गर्नको निम्ति १४ स्थानमा सिसी क्यामेरा समेत जडान गरेको र एक हप्ता अघिदेखि नै मदिरा बिक्री वितरणमा रोक लगाउने निर्णय गरेको छ ।

यसैबीच सोमबार बिहान बिस्केट जात्रा शान्तिपूर्ण होस् भनी सद्भाव याली निकालिएको थियो । सद्भाव ¥यालीमा बिभिन्न संघ संस्था, टोल समिति, सरकारी निकाय, स्थानियहरु र प्रशासनको सहभागी थियो । उक्त याली भक्तपुरको टौमढीबाट सुरु भई बिभिन्न टोलबजार परिक्रमा गरेर टौमढी (पाँचतले मन्दिर अगाडि) पुगेर समापन भएको हो । बिस्केट जात्रा आज बेलुका ५ बजे पाँचतल्ले मन्दिर अगाडि टौमढीबाट भैरवको रथ तानेर यस पालीको बिस्केट जात्रा सुरु हुने छ ।

https://youtu.be/Ba_pfPxAUyQ

आज द्यो क्वहँबिज्याईगु अर्थात देउता तल आउने भएकोले रथको अगाडिको बेताल तलतर्फ अर्थात पश्चिमपटि फर्काएर तान्ने चलनअनुसार अगाडि पट्टि चार वटा र पछाडी पट्टि तीन वटा डोरी राखेर रथलाई अगाडि पछाडि गरेर तानिन्छ र यसरी तानेर रथलाई गहितीमा लगेर आजको जात्रा समापन गरीने चलन छ ।

Bisket Jatra

विशेष