खेल

आइपीएलमा पञ्जावले रोयल च्यालेन्जर्सलाई हरायो

आइपीएलमा पञ्जावले रोयल च्यालेन्जर्सलाई हरायो

चैत्र २९ । इण्डियन प्रिमियर लिग आइपीएलमा गएराती भएको खेलमा किङ्स इलाभेन पञ्जावले रोयल च्यालेन्जर्स बैङ्लोरालाई पराजित गरेको छ ।

भारतको इन्दोरमा गएराति भएको खेलमा पञ्जावले रोयल च्यालेन्जर्सलाई ८ विकेटले पराजित गरेको हो । टस हारेर पहिले व्याटिङ गरेको च्यालेन्जर्सले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ४८ रन बनाएको थियो । जसमा ९ छक्काको मद्दतले च्यालेन्जर्सका खेलाडी एबी डेभिलियर्सले ८९ रन बनाएका थिए । त्यो बाहेक मन्दिप सिंहले २८ रनको योगदान बाहेक अरु व्याट्सम्यानको सम्झन लायक प्रदर्शन भएन ।

जवाफि व्याटिङ गरेको पञ्जावले १४ ओभर ३ बलमा २ विकेट गुमाउंदै लक्ष्य भेट्टायो । पञ्जावका खेलाडी हासिम आमलाले नटआउट ५८ रनको योगदान गरे भने ग्लेन म्याक्सवेलले ४३ रनको योगदान गरे । प्रतियोगिताको म्यान अफ द म्याच चार ओभर बटिङ गरेर ४ ओभर फाल्दै १ विकेट लिएर जम्मा १२ रन मात्र दिएका अक्सर पटेल भए ।

प्रतियोगिता अन्तर्गत आज राइजिङ पुने सुपरजायन्ट र दिल्ली डेयरडेभिल्सबिच नेपाली समय अनुसार राति सवा ८ बजे सुरु हुने छ ।

IPl t-20

विशेष