समाज

मध्यरातमा आइजीपीको फूलीले सुशाेभित भएका अर्याल पुगे बिहानै प्रधानमन्त्री निवास

मध्यरातमा आइजीपीको फूलीले सुशाेभित भएका अर्याल पुगे बिहानै प्रधानमन्त्री निवास
चैत्र २९ । प्रधानमन्त्री पुस्पकमल दाहाल र नव नियुक्त आइजीपी प्रकाश अर्यालबीच भेट भएको छ । सोमबार राति प्रहरी प्रमुख भएको अर्यालले आज विहान प्रधानमन्त्री पुष्पकमल दाहाललाई प्रधानमन्त्री निवास बालुवाटारमा भेट गर्न पुगेका थिए । भेटमा प्रधानमन्त्रीले देशको शान्ति सुरक्षा कायम गर्ने विषयमा इमान्दारितापूर्वक काम गर्न निर्देशन दिएका छन् । उक्त अवसरमा प्रधानमन्त्रीले आइजीपी अर्यालको कार्यकाल सफलताको कामना गर्दै देशमा निर्वाचन घोषणा भइसकेको अवस्थामा शान्ति सुरक्षा कायम गर्दै निर्वाचन सफल पार्न नेपाल प्रहरीको भुमिका महत्वपूर्ण रहेकाले कानूनले सुम्पेको जिम्मेवारी निष्पक्ष ढंगले निर्वाह गर्न निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

IGP Vet

विशेष