खेल

डीपीएलमा विराटनगरद्वारा चौराहालाई १ सय ३५ रनको चुनौती

डीपीएलमा विराटनगरद्वारा चौराहालाई १ सय ३५ रनको चुनौती

चैत्र २९ । सगरमाथा धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेट अन्तर्गत आजको पहिलो खेलमा विराटनगर किंग्सले धनगढी टिम चौराहलाई १३५ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ ।

टस हारेर पहिले व्याटिङमा आएको विराटनगर किंग्सले निर्धाति २० ओभरमा ६ विकेट गुमाउँदै १सय ३४ रन बनायो । खेलमा विराटनगर किंग्सका तर्फबाट कप्तान शरद भेषावकरले सर्वाधिक ४६ रन बनाए ।

यसैगरी टिम चौराहका तर्फबाट ललित राजवंशीले ४ ओभर बलिङ गर्दै २५ रन खर्चेर २ विकेट चट्काए भने सुशन भारी, रामनरेश गिरी र आरिफ शेखले १–१ विकेट लिए । अहिले चौराहाले व्याटिङ गरिरहेको छ ।

हिजोबाट सुरु भएको प्रतियोगिता आगामी बैशाख ९ गते सम्पन्न हुने छ । प्रतियोगिताको विजेताले १५ लाख र उपविजेताले ७ लाख प्राप्त गर्ने छ ।

DPL

विशेष