फुड

निर्देशन पालना नगरेपछि बानेश्वरको मालिका स्टोर सिलबन्दी

निर्देशन पालना नगरेपछि बानेश्वरको मालिका स्टोर सिलबन्दी

चैत्र २९ । अनुगमनका क्रममा दिइएको निर्देशन पालना नगरेको भन्दै नयाँ बानेश्वरमा रहेको मालिका स्टोरलाई सिलबन्दी गरिएको छ । निर्देशन पालना नगरेपछि सोमबार गरिएको पुनःअनुगमनका क्रममा उक्त पसलमा सिलबन्दी गरिएको अनुगमन संयोजक ढुण्डिराज पोखरेलले जानकारी दिए ।

आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले अनुगमनका क्रममा यही चैत १६ गते गरेको अनुगमनका क्रममा नापतौल प्रमाणीकरण गर्न, मूल्यसूची राख्न तथा खाद्य र अखाद्य सामग्री अलगै राख्न निर्देशन दिएको थियो ।

अनुगमनका क्रममा दिइएको निर्देशन पालना नगरेपछि सोमबार गरिएको पुनःअनुगमनका क्रममा उक्त पसलमा सिलबन्दी गरिएको अनुगमन संयोजक ढुण्डिराज पोखरेलले जानकारी दिए ।

सोमबारै नै गरिएको अनुगमनका क्रममा पञ्चकुमारी दूध डेरी बानेश्वरबाट म्याद सकिएको चार बोतल पेय पदार्थ नष्ट गरिएको छ । आलोकनगरमा नै रहेको अधिकारी एन्ड इन्टरप्राइजेजबाट म्याद सकिएको २४ पोका बिस्कुट नष्ट गरिएको छ ।

त्यसैगरी व्यवसाय र प्यान दर्ता नगरिएको मूल्यसूची नराखेको भन्दै आलोकनगरमा नै रहेको शशि किराना स्टोर, न्यु नेपाल डेरी स्टोर र न्यापिङ पेपर नाम गरेको पसलाई सात दिनभित्र विभागमा आउन निर्देशन दिइएको छ ।

Silbandi

विशेष