खेल

डीपीएलमा पारस खड्काको टीम पराजित

डीपीएलमा पारस खड्काको टीम पराजित

चैत्र २९ । सगरमाथा धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेट अन्तर्गत आजको पहिलो खेलमा विराटनगर किंग्सले धनगढी टिम चौराहलाई २३ रनले पराजित गरेको छ ।

धनगढीको एसएसपी क्रिकेट मैदानमा टस हारेर पहिले व्याटिङमा आएको विराटनगर किंग्सले निर्धाति २० ओभरमा ६ विकेट गुमाउँदै १सय ३४ रन बनायो ।

खेलमा विराटनगर किंग्सका तर्फबाट कप्तान शरद भेषावकरले सर्वाधिक ४६ रन बनाए । त्यस्तै जवाफि व्याटिङ गरेको चौराहा धनगढीले १९ ओभर ३ बलमा सबै विकेट गुमाउंदै १ सय ११ रनमात्र बनाउन सक्यो । अमर रौतेलाको २६ रन र अनिल मण्डलको २४ रनबाहेक अन्य व्याट्सम्यान चल्न सकेनन् ।

कप्तान २ रनमा सुनिल कडेलको बलमा पेभिलियन फर्किए । उनले ३ विकेट लिए भने कप्तान सरद भेष्वाकरले पनि ३ विकेट नै लिए । खेलको म्यान अफ द म्याच विराटनगरका कप्तान शरद भेष्वाकर भए । उनले १० हजार नगद प्राप्त गरे । अबको केहिबेरमा कन्चनपुर आइकोनिक र र काठमाडौं गोल्डन बिच खेल हुने छ

DPL

विशेष