मनोरञ्जन

अक्षय कुमारले भने ‘म अवार्ड किन्ने मान्छे हैन’

अक्षय कुमारले भने ‘म अवार्ड किन्ने मान्छे हैन’

चैत २९ । बलिउड अभिनेता अक्षय कुमारले राष्ट्रिय अवार्ड पाएदेखि उनको नाममा धेरै मजाक उडाइयो ।

फिल्म ‘रुस्तम’ बाट राष्ट्रिय अवार्ड हात पारेका अक्षयलाई सामाजिक सञ्जालमा खुब उडाइएको थियो । फिल्म क्षेत्रका धेरै व्यक्तिहरुले पनि अक्षय भन्दा अरुले नै उक्त अवार्ड पाउनुपर्ने कुरा गरेका भारतीय संचारमाध्यमले जनाए ।

अक्षयलाई दुबै फिल्म ‘एयरलिफ्ट’ र ‘रुस्तम’ मा गरेको कामबाट उक्त अवार्ड मिलेको थियो । तर फिल्मको नाम भन्दा कुनै एकको मात्र नाम लिनुपर्ने भएकाले रुस्तमको नाम लिइएको भारतीय संचारमाध्यमले जनाएका छन् । तर, उक्त अवार्ड भने अक्षयको दुबै फिल्मको कामलाई निर्धारण गरेर दिइएको बताइएको छ ।

भारतको एक मिडियासँग गफिदैँ अक्षयले भने, ‘म यती भन्न सक्छु की यो अवार्ड मैले इमान्दारीपूर्वक जितेको हुँ । मैले आजसम्म कसैलाई झुक्काएको र छल गरेको छैन । मैले कसैलाई फोन गरेर अवार्ड पाउनुपर्यो भनेको पनि छैन र अवार्ड किनेको पनि छैन ।’

हाल उनी ‘प्याड म्यान’ नमक चलचित्रको छायांकनमा व्यस्त छन् । महिलाहरुले लगाउने स्यानिटेरी प्याड र महिनावारीकोबारेमा बनेको उक्त फिल्मलाई अक्षयकी श्रीमती तथा अभिनेत्री ट्वींकल खन्नाले निर्माण गरेकी हुन् ।

Akhaya Kumar

विशेष