मनोरञ्जन

यसरी मनाए माग्नेबुढाले ४३ औँ जन्मदिन

यसरी मनाए माग्नेबुढाले ४३ औँ जन्मदिन

चैत २९ । हाँस्य कलाकार माग्ने बुढाले सोमबार आफ्नो ४३ औँ जन्मदिन मनाएका छन् ।

फिल्म ‘छक्का पञ्जा’ देखि पर्दामा देखिन छोडेका माग्ने बुढा अल्सर र डिप्रेसनजस्ता रोगबाट थला परेका थिए । उही फिल्म ‘छक्का पञ्जा’ को टोलीसँगै माग्नेले आफ्नो ४३ औँ जन्मदिन मनाएका हुन् ।

माग्नेको जन्मोत्सवको समारोहमा दिपाश्री निरौला, दिपकराज गिरी, जितु नेपाल, शिवहरी पौडेल, किरण केसी, निर्देशक विकासराज आचार्यलगायतको उपस्थिती रहेको थियो ।

माग्नेलाई सबैले जन्मोत्सवको साथसाथै स्वस्थलाभको पनि शुभमना दिएका थिए । पछिल्लो समय थला परेका माग्ने बुढाको स्वस्थमा अहिले सुधार आउँदै गएको छ ।

Magnebuda

विशेष