मनोरञ्जन

यस्ता छन् नयाँ वर्षका दिन प्रदर्शनमा आउने नेपाली फिल्महरु, कसले मार्ला बाजी ?

यस्ता छन् नयाँ वर्षका दिन प्रदर्शनमा आउने नेपाली फिल्महरु, कसले मार्ला बाजी ?
चैत्र - २९ । २०७४ जालको नर्या वर्षका दिन एकसाथ तीनवटा नेपाली फिल्म रिलिज हुने क्रममा छन् । नयाँ वर्षको अवसर पारेर दर्शकलाई भरपूर मनोरञ्जन दिलाउनको लागि फिल्म निर्माण टोली अहिले फिल्मको प्रचार प्रसारमा व्यस्त रहँदै आएका छन् । पछिल्लो समय नेपाली फिल्महरु हेर्ने दर्शक बढ्नुका साथै चलचित्र क्षेत्रले पनि राम्रै प्रगति गर्दै गरेको देखिन्छ । उक्त दिन रिलिज हुन लागेका फिल्म यस्ता छन् ।
लभ लभ लभ — अभिनेत्री स्वस्तीमा खड्का र सुरज पाण्डे अभिनित चलचित्र लभ लभ लभको निर्देशन दिपेन्द्र के खनालले गरेका हुन् । बालकलाकार भएर काम गरिसकेका सुरजले पहिलो पटक लिड रोलमा काम गरेका हुन् भने स्वस्तीमाको यो दोस्रो फिल्म हो । टिनएज लभको कथाको सेरोफोरोमा फिल्मको कथा घुमेको छ । दिपेन्द्रले पशुपती प्रसाद, चपली हाइट २ जस्ता हिट फिल्म दिइसकेका छन् । फिल्मको गोसाइकुण्डमा खिचिएको गीतले गर्दा पनि यसले चर्चा पाइरहेको छ । दिपेन्द्र आफू सानो कुरामा ठूलो इमोसन खोज्ने गरेको बताउँछन् । फिल्म ‘पशुपती प्रसाद’ पनि सानो क्यानभासमा बनेको फिल्म भएपनि दर्शकको मन छुने बनेको थियो ।
घाम पानी — अभिनेता दयाहयाङ राई र केकी अधिकारी लिड रोलमा रहेर बनेको फिल्म हो घामपानी । दिपेन्द्र लामाले निर्देशन गरेको उक्त फिल्म पनि लभ नजरा जानराको हो । फिल्ममा अन्तरजातीय विवाह गर्न गरेको संघर्षलाई देखाइएको छ । फिल्म समीक्षक तथा पत्रकारसमेत रहेका दिपेन्द्र लामाको यो फिल्म पहिलो निर्देशन हो । यसअघि पनि उनले लघु कथा (सर्ट) मुभीको निर्देशन गरिसकेका छन् । यसअघि उनले लेखेको फिल्म ‘नागबेली’ ले पनि व्यवसायिक रुपमा सफलता भने पाउन सकेन ।
राधे — एक्सन नायक निखिल उप्रेती ‘किङ’ पछि ‘राधे’ मा देखिने भएका छन् । फिल्ममा निखिलसँगै अभिनेत्री प्रियंका कार्की र अशिष्मा नकर्मी पनि लिड रोलमा देखिएका छन् । बेपत्ता नागरिकको कथाको सेरोफेरोमा घुमेको उक्त चलचित्रलाई जगदिश्वर थापाले निर्देशन गरेका हुन् । सधैँझै एक्सन अवतारमा देखिने निखिल यसमा पनि एक्सन अवतारमै देखिने भएपनि राधेमा भने अलि फरक किसिमको एक्सन भएको र आफूले एकदम सोजो केटोको भूमिका निर्वाह गरेको बताएका छन् ।
 

Gham Pani Love Love Love Radhe

विशेष