समाज

प्रवासबाट गाउँको विद्यालयलाई २० कम्प्युटर सहयोग

प्रवासबाट गाउँको विद्यालयलाई २० कम्प्युटर सहयोग
चैत २९ । रोजगारीका लागि कतार पुगेका प्रवासीहरुले लमजुङको एक विद्यालयमा २० थान कम्प्युटर प्रदान गरेका छन् । राइनास घर भई हाल कतारमा धमिलीकुवा कतार समूह सञ्चालन गर्दै आएका नेपालीले शैलपुत्री माध्यमिक विद्यालयलाई २० थान कम्प्युटर उपलब्ध गराएका हुन् । छब्बीस जनाको समूहले दुई लाख ९० हजार रुपैयाँ रकम संकलन गरी कम्प्युटर उपलब्ध गराएको समूहका अध्यक्ष मोहन चिलवालले बताए । विदेशमा भएर पनि समाजका लागि केही गरौँ भन्ने अभिप्रायले विद्यालयलाई कम्प्युटर सहयोग गरेको चिलवालले बताए । “अहिले सूचना र प्रविधिको प्रयोग बढेको छ,” चिलवालले भने – “गाउँमा पढ्ने विद्यार्थीले कम्प्युटर सिक्नकै लागि गाउँ छाड्न नपरोस् ।” विद्यालयमा उपलब्ध कम्प्युटरबाट विद्यार्थी, शिक्षक एवम् अभिभावकलाई समेत अतिरिक्त समयमा आधारभूत कम्प्युटर शिक्षा प्रदान गरिने विद्यालयका प्रधानाध्यापक बुद्धराज सेढाईंले बताएका छन् ।

computer

विशेष