देश

सेती नदीमा फेरि दुई बगे, चैत्र महिनामा बग्नेको संख्या ५ पुग्यो

सेती नदीमा फेरि दुई बगे, चैत्र महिनामा बग्नेको संख्या ५ पुग्यो
चैत्र - २९ । सेती प्राविधिक शिक्षालय दिपायलकाे निर्माणाधिन भवनमा काम गर्ने दुर्इ कामदारलार्इ सेती नदीले बगाएर बेपत्ता बनाएकाे छ । सेती नदीमा नुहाउन गएका काभ्रेपलान्चोक जिल्ला गैरीविसौना गाविसका २२ वर्षीय कृष्ण प्रसाद दंङ्गाल र महोत्तरी जिल्ला वर्दिवासका १९ वर्षीय विसाल श्रेष्ठ बगेर बेपत्ता भएका हुन् । मंगलबार दिउँसाे करिब साढे १२ बजे उनीहरूलार्इ नदीले बगाएकाे  ईलाका प्रहरी कार्यालय दिपायलका असई डिल वहादुर कुँबरले जानकारी दिए । यी दुर्इसँगै चैत्र महिनामा सेती नदीमा बग्नेकाे संख्या पाँच पुगेकाे छ । चैत्र महिनाको पहिलो सातामा दिपालय सिलगढी नगरपालिका वडा नं. ४ भएका एक युवकलाई नदिले बगाएको थियो भने चैत्रको दोस्रो सात कैलाली जिल्ला अत्तरीया घर भई दिपायल दिदी को घरमा विदा मनाउन आएका वर्ष १९ निराजन वोहरालार्इ नदीले बगाएकाे थियाे । त्यस्तै भारत सहाजनापुर घर भई निर्माणाधिन दिपयाल एरर्पोटमा देव सिँ निर्माण सेवाको जेसिव चालक रहेका विनोद कुमारलाई चैत्र १६ गते सेती नदीले बगाएको थियो । चैत्र महिनामा सेतीमा बगेका मध्ये विनोद कुमारको शब ३ दिन पछि फेला परेको थियो भने अन्यको अबस्था अज्ञात रहेको छ । त्यस्तै आज बगेका व्यक्तिहरुको खोजी कार्य जारी रहेको ईलाका प्रहरी कार्यालय दिपायलले जनाएको छ । नेपाल प्रहरी, नेपाली सेना, स्थानियवासिन्दाहरु खोजी कार्यमा लागि रहेको इलाका प्रहरी कार्यालय दिपायलले जनाएकाे छ ।
रोजेन्द्र जोशी/दिपायल

सेती नदी

विशेष