Technology

टेलिमले ल्यायो नयाँ वर्ष प्रोमोसनल अफर

टेलिमले ल्यायो नयाँ वर्ष प्रोमोसनल अफर
चैत्र - २९ । नेपाल टेलिकमले नयाँ वर्षको अवसरमा नव वर्ष प्रोमोसनल अफर अन्तर्गत रिचार्ज बोनस, डाटा प्याकेज र नाइट भ्वाइस प्याक ल्याइएको छ । रिचार्ज बोनस अन्तर्गत जिएसएम तथा सिडिएमए प्रिपेड सेवाका उपभोक्ताहरुलाई एमपिओएस तथा रिचार्ज कार्डमाफर्त १ सय र २ सयको कार्ड प्रयोग गर्दा १० प्रतिशत बोनस पाउने छन्। त्यस्तै ५ सय र १ हजारको रिचार्ज कार्ड प्रयोग गर्दा १५ प्रतिशत बोनस उपलब्ध हुनेछ। यसको भ्यालिडिटी तीन दिनको हुनेछ । यसरी उपलब्ध गराइने रिचार्ज बोनस चैत ३० देखि बैशाख १३ गतेसम्म लागू हुने टेलिकमले जनाएको छ । डाटा प्याकेज अन्तर्गत जिएसएम सेवाका उपभोक्ताहरुलाई चैत ३० देखि बैशाख २८ गतेसम्म लागू हुने गरी अल टाइम डाटा प्याकेज र नाइट डाटा प्याकेज उपलब्ध गराइएको छ।

NTC

विशेष