मनोरञ्जन

रेखाका हरेक फिल्म फ्लप

रेखाका हरेक फिल्म फ्लप

चैत्र ३० । अबचाहिँ शंकै रहेन रेखा थापाको स्टारडम साँच्चै आरालो लागेको छ ।

यस वर्ष १८ चैतबाट रेखाको जम्मा एउटा फिल्म रिलिज भयो, पलाँस, त्यो पनि एकल रिलिज । अरु फिल्मसँग जुध्नु परेन । तैपनि, मल्टिप्लेक्स त परको कुरा, सिंगल थिएटरमा समेत उनले कमाल मच्चाउन सकिनन् । सुरुआतबाटै फिल्मको व्यापार फितलो रह्यो । जबकि, यस फिल्ममा उनको ‘सो–अप’ होइन, मुख्य भूमिका नै थियो ।

कामेश्वर चौरसिया र अयुब केसीचाहिँ सहायक पात्र । तर पनि, कसको के लाग्छ दर्शकले नरुचाएपछि । जहाँ उनी नगरबधुका रुपमा देखिएकी थिइन् । पलाँसको असफलताले प्रदर्शनको क्रममा रहेको डायरीलाई मात्र होइन, उनी आफैँले निर्माण गर्ने रुद्रप्रियालाई पनि झड्का पुगेको छ ।

rekha thapa

विशेष