छाती दुखाईमा सानुको यस्तो पिडा (भिडियो सहित)
चैत ३० । साँगीतिक क्षेत्रमा एक नयाँ प्रतिभाको उदय भएको छ । उनी हुन् सानु खतिवडा । नेपाली साँगीतिक क्षेत्रमा स्थापित भएर आफ्नो स्वरको जादु छर्दै वर्चस्व कायम गर्ने सोचका साथ पूर्वको पाँचथरबाट काठमाडौं भित्रिएकी नव गायिका सानु खतिवडाको स्वरमा एउटा आधुनिक गीत सार्वजनिक भएको छ ।
तुलसी बाँस्कोटाको शब्द र सन्तोष दुमीको संगीत रहेको उक्त गीतको बोल ‘छाती किन दुख्यो मेरो कतै तिम्रो मुटु फूट्यो कि’ रहेको छ । गुमाई सकेको आफ्नो मायालु प्रतिको अगाध प्रेमाभाव समेटिएको उक्त गीतको स्टुडियो भिडियो सार्वजनिक भएको छ भने चाँडै नै पुरा म्युजिक भिडियो निर्माण गर्ने गरी कलाकारहरुको चयन भई रहेको बताईएको छ ।
यो सँगसँगै सानु खतिवडाको स्वरमा अन्य गीतहरु पनि रेकर्ड भई रहेको उनको समूह श्रोतले बताएको छ ।
sanu kathiwada