काभ्रेमा सवारी दुर्घटना २ जनाको मृत्यु

चैत ३० । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका वडा नं ११ को पिप्ले भन्ने स्थानमा आज बिहान सडक दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा ओखलढुङ्गा जिल्ला कार्केश्वरी गाविस–३ का ३५ वर्षीय मीनबहादुर पौडेल रहेका छन् भने अर्का एकजनाको सनाखत हुन बाँकी छ ।
इलाका प्रहरी कार्यालय मङ्गलटारका प्रहरी निरीक्षक शङ्कर श्रेष्ठका अनुसार काठमाडौँबाट सिन्धुलीतर्फ गइरहेको बा ४५ प ६७५३ नंको मोटरसाइकल ना १ज ४६९५ नंको सुमोलाई ओभरटेक गरेर अघि बढ्दा दिक्तेलबाट काठमाडौँतर्फ आइरहेको बा ४ ख ६०३ नंको बससँग ठोक्किन पुगेको थियो ।
मोटरसाइकलमा सवार दुवैजनाको मृत्यु भएको प्रहरी निरीक्षक श्रेष्ठले बताए ।
Accident