भवानी राणा निर्वाचित हुनुको अर्थ
–हरिराम रिमाल
केहिदिन अघिको कक्षामा हाम्रा राजनीतिक गुरु रमेश सुनुवारले बेलायती शास्त्रीय अर्थशास्त्रको छलफल चलिरहदा दार्शनिक तथा अर्थशास्त्री जोन स्टुअट मिल ले सन १८६५ देखि सन १८६८ सम्म बेलायती संसदमा रहदा महिलाहरुले पनि मतदानको अधिकार पाउनुपर्ने आवाज उठाउदा सम्पुर्ण बेलायती सांसदहरु मुर्छा परेर हाँसेका थिए र आज त्यही बेलायती संसदमा कसैले महिलाको मतदान अधिकार खोसिनु पर्छ भनेर आवाज उठायो भने तिनै बेलायती सांसद मुर्छा परेर हाँस्छ्न भनेर सबैभन्दा पुरानो प्रजातान्त्रिक मुलुक बेलायतको खिल्ली उडाउनु भएको थियो ।
[caption id="attachment_64888" align="alignleft" width="300"] लेखक हरिराम रिमाल[/caption]जतिबेला बेलायती संसदमा जोन महिला भोटिङको कुरा उठाइरहेका थिए त्यतिनै बेला माक्र्स–एङ्गेल्स समाजको मुख्य उत्पादक शक्ति , उत्पादन सम्बन्ध र त्यस्ले समाजमा महिला र पुरुषको बीचमा पारेको व्यापक बिभेदको बैज्ञानिक खोजमा धर्म–धार्मिक संस्कृत र उत्पादनका साधनहरुमा पुरुषको एकाधिकार पहुँचले महिलाहरु शोषित र उत्पीडित हुनुपरेको निकर्ष निकाल्दै थिए । बिश्वमा महिलाहरुले गरेको सङघर्सको चरणलाई तीन चरणमा उल्लेख गर्न सकिन्छ । प्रथम चरणमा १८ औं देखि २० औं शताब्दीको अवधीमा महिलाहरुले सामाजिक न्याय र समानताको लागि आवाज उठाएका थिए भने दोश्रो चरण सन् १९४७ देखि सन् १९९० को अवधीमा महिलाहरुले राज्यको कानुनमा भएका लैगिक बिभेदका लागि संघर्स गरेका थिए ।
यहि समयमा अमेरिका जस्तो शक्तिशाली राष्ट्रमा सन् १९२० अर्थात आजभन्दा ९७ बर्ष अघि मात्र संबिधानको १९ औं संशोधनबाट महिलाहरुलाई भोटिङ अधिकार प्रदान गरिएको थियो । न्युजिल्यान्ड संसारकै पहिलो मुलुक हो जसले सन् १८९३ मै आफ्ना सम्पूर्ण नागरिकलाई भोटिङ अधिकार प्रदान मात्र गरेन सन् १९३६ पछाडि न्युजिल्यान्डका महिलाहरुले सम्पूर्ण राजनीतिक अधिकारहरु प्राप्त गरेका थिए । त्यस अघि नै फिनल्यान्डले सन् १९०६ मा महिला लगायत सम्पूर्ण नागरिकहरुलाई भोटिङ अधिकारका साथै अन्य सम्पूर्ण राजनीतिक अधिकारहरुबाट सारभौम बनाएको थियो । बिकसित मुलुकहरुमा महिलाहरुलाई सम्पूर्ण राजनीतिक अधिकार प्रदान गर्दै गर्दा औसत नेपालीको आयु ३५ बर्ष हुदा नेपाली एकल महिलारु भने कलिलै उमेरमा सति जान बाध्य थिए ।
युरोपेली मुलुक फिनल्यान्डले महिलाहरुलाई सम्पूर्ण राजनीतिक अधिकार प्रदान गरेको १४ बर्ष पछि सन १९२० मा नेपालमा राणा प्रधानमन्त्री श्री ३ चन्द्र शमशेरले बैधानिक रुपमै सतिप्रथाको अन्त्य गरेका थिए ।
सन् १९९० को दशक पछि बिज्ञान–प्रबिधिको तीब्र बिकासले उत्पादनको क्षेत्रबाट श्रमलाई बिस्थापित गरिरहेको छ । अब उत्पादनको प्रमुख साधन बिज्ञान–प्रबिधि र इनोभेसनमा आधारित उद्योग भएका छ्न् । मानवीय श्रमले गरिनुपर्ने अधिकांश कामहरु अब इलेक्ट्रोनिक मेसिनाइज भएका छ्न् । यस्ले अब उत्पादनमा बलियो र ह्रस्टपुस्ट पुरुष भन्दा सृजनशील , सहनशील ,लगनशील र धैयवान महिला धेरै महत्वपूर्ण हुन्छ्न भन्ने कुरा स्थापित गरेको छ । केही समय अघि भाट–भटेनी ग्रुपका संचालक मिनबहादुर गुरुङ सगर्व भन्दै हुनुहुन्थ्यो भाट–भटेनी ८० प्रतिशत महिलाहरुले संचालन गरेको अर्गनाइजेसन हो । भाट–भटेनीका अधिकांश शाखाहरुको म्यानेजर महिलाहरु नै छ्न् । त्यस्तै बैंक, वित्तीय संस्था, हस्पिटललगायत अधिकांश सेवामुलक क्षत्रमा महिलाहरुको निर्णायक तहमा उलेख्य उपस्थित बढ्दै गइरहेको छ । अझ रजनीतिमा त राष्ट्र प्रमुख , सदन प्रमुख, लगायत महत्वपूर्ण स्थानहरुमा महिलाहरु नै स्थापित भैसक्नुभएको छ ।
नयाँ संविधानले महिलाको कोटा नै निर्धारण गरेर महिलाहरुलाई अधिकार सम्पन्न बनाएको छ । स्थानीय निकायमा एक प्रमुख वा उप–प्रमुख महिला हुनुपर्ने ग्यारेन्टी गरेको छ । वडा कमिटीमा एक दलित महिला हुनुपर्ने ग्यारेन्टी गरेको छ । तलदेखि माथिसम्मका संरचनाहरुमा महिलाको कोटा नै निर्धारण गरिएको छ । यति नै पर्याप्त नहोला माथिल्लो स्थानहरुमा महिला स्थापित हुँदैमा सबै महिला अधिकार सम्पन्न हुन्छ्न भन्ने पनि ग्यारेन्टी हुदैन तर राजनीतिक अधिकारको हिसाबले २०४६ सालको जन–आन्दोलन पछि महिलाहरु धेरै अगाडि बढेका र अधिकार सम्पन्न भएका छ्न् ।
भखरै मात्र राणा प्रधानमन्त्री श्री ३ चन्द्र शमशेरले सतिप्रथाको अन्त्य गरेको ९७ बर्ष पछि नेपाल उद्योग बाणिज्य महासंघको अध्यक्षमा पहिलो महिला अध्यक्षको रुपमा भवानी राणा निर्वाचित हुनुभएको छ । यस्ले उत्पादनको साधनहरुमा पनि महिलाहरुको उल्लेख उपस्थिति तर्फ अगाडि बढेको संकेत गर्छ । प्रजातन्त्रको स्थापना पछि हामीले नेपाल झन बिग्रिएको , भत्किएको मात्र सुनेका छौं । तर महिला अधिकारका क्षेत्रमा भएको उपलब्धिहरु दूनियाँ मै धेरै बिकसित मुलुकहरुलाई पछाडि छोड्ने खालको छ ।
भखरै सम्पन्न अमेरिकी चुनाबी परिणाम पछिको एक सर्बेक्षण अनुसार अधिकांश अमेरिकीहरुले हिलारी महिला भएकै कारण अमेरिकाको बिध्यमान चुनौतीहरु सामना गर्न असमर्थ हुने तर्फ संकेत गरेको खबरहरु आएका थिए । आनुहोस् यस्ता उपलब्धिहरुको सैद्धान्तिककृत गरौं र आगामी पुस्तालाई बाँढौं । भवानी राणालाई सफल कार्यकालको शुभकामना !!