स्वास्थ्य

यी ९ शुत्र अपनाउनुहोस् र सधैँ स्वस्थ रहनुहोस् 

यी ९ शुत्र अपनाउनुहोस् र सधैँ स्वस्थ रहनुहोस् 

स्वस्थ रहनु सबैको आवश्यकको विषय हो । तर, कसरी स्वस्थ रहन सकिन्छ भन्ने खबरबारे धेरै मानिसहरु अनविज्ञ नै छन् । यदि हाम्रो जीवनशैली स्वस्थ छैन भने त्यसलाई समयमै परिवर्तन गर्नुपर्छ । तसर्थ स्वस्थ जीवनशैली अपनाउने आधारहरु यस्ता छन् ।

१. निन्द्रा — निन्द्रा स्वस्थ जीवनशैलीको महत्वपूर्ण पाटो हो । निन्द्राले शरीरलाई आराम प्रदान गर्नुका साथै उर्जा दिन्छ । तर, व्यस्त जीवनशैलीका कारण केही मानिस पर्याप्त निन्द्रा पाउन सक्दैनन् । अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्रका अनुसार पर्याप्त सुत्न नपाउने मानिसको रोग प्रतिरोधात्मक क्षमता कमजोर हुनुका साथै मानसिक समस्या उत्पन्न हुने खतरा हुन्छ ।

२. पानी —सम्पूर्ण जीवित प्राणीलाई बाँच्नका लागि पानी नभई नुहने तत्व हो । मानिसको शरीर पानीले नै बनेको हुँदा शरीरमा बारम्बार पानी पूर्ति गर्नुपर्छ । यसका लागि सक्दो बढी पानी पिउनुपर्छ । पानीले शरीरबाट अनावश्यक उत्तेजक पदार्थ फाल्न सहयोग गर्छ । स्वस्थ रहन र अन्य रोगबाट बँच्न पनि एक वयस्क मानिसलाई दैनिक कम्तिमा ५ लिटर पानी चाहिन्छ । पानीले शारीरिक र मानसिक रुपमा स्फूर्ति दिन्छ ।

३. उचित भोजन — स्वस्थ जीवनशैलीका लागि अर्को आवश्यक तत्व हो उचित भोजन । यसका लागि स्वस्थ फलफूल, सागसब्जी, मासु, गेडागुडी नियमति उपभोग गर्नुपर्छ । तेलीय, चिल्लोयुक्त, सोडियम बढी भएको खानेकुरा कहिल्यै खानुहुन्न ।

४. व्यायाम — स्वस्थ जीवनशैलीका लागि व्यायाम पनि एउटा महत्वपूर्ण पाटो हो । नियमित व्यायाम गरेर स्वास्थ्यसम्बन्धी केही समस्यामा सुधार ल्याउन सकिन्छ । स्वस्थ भएर बाँच्न वयस्क मानिस कम्तिमा पनि आधा घन्टा व्यायाम गर्नुपर्ने भनेर विज्ञले भन्दै आएका छन् ।

५. सकारात्मक सम्बन्ध — जीवनमा सकारात्मक र मैत्रीपूर्ण सम्बन्धले मानिसको जीवनशैलीलाई अझै स्वस्थ बनाइदिन्छ । कतिपय मानिसले नकारात्मक सम्बन्धलाई महसुस गर्दैनन् जसका कारण उनीहरुमा शारीरिक रुपमा अस्वस्थ हुन्छन् । नकारात्मक सम्बन्धले पेट दुख्ने, टाउको दुख्ने, ढाड दुख्ने, भोक नलाग्ने लगायतका समस्या उत्पन्न हुन्छन् । स्वस्थ जीवनशैलीका लागि सधैं सकारात्मक सम्बन्ध कायम गर्नुपर्छ ।

६. विश्राम — दैनिक काममा केही क्षण विश्राम लिनु पनि स्वस्थ जीवनशैलीको अर्को महत्वपूर्ण पाटो हो । आफ्नो बहुमुल्य समय खेर नफाली समय–समयमा ब्रेक लिनुपर्छ ।

७. मानसिक स्वास्थ्य — मानसिक रुपमा स्वस्थ भएमा समग्र स्वास्थ्य जीवनशैलीमा सुधार आउछ । मानसिक पीडा र चिन्ताले शारीरिक रुपमा समेत असर गर्छ । योगा, ध्यान, रमाइलो पार्ने व्यायामबाट तनाबमुक्त भई खुसी जीवनयापन गर्नुपर्छ ।

८. ताजा हावा र सूर्यको घाम — कार्यालय र कामबाट फुर्सद लिएर बाहिरको ताजा मौसमको स्वच्छ हावा लिनुपर्छ । शरीरलाई घाम पनि आवश्यक हुने भएकाले कामबाट ब्रेक लिएर घाम लिनुपर्ने हुन्छ ।

९. नियमित स्वास्थ्य परीक्षण — सम्भव भएसम्म वर्षमा एकपटक सम्पूर्ण शरीर परीक्षण गर्नुपर्छ । एजेन्सी 


 

Health

विशेष