आइपिएलः दिल्ली डेयरडेभिल्सले पुनेलाई ९७ रनले पराजित गर्यो
चैत्र–३० । इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा दिल्ली डेयरडेभिल्सले आफ्नो पहिलो जित दर्ता गरेको छ ।
लिगअन्तर्गत मंगलबार राति पुनेमा भएको खेलमा दिल्लीले राइजिङ पुने सुपरजाइन्टस्लाई ९७ रनले पराजित गरेको हो । दिल्लीले दिएको दुई सय ६ रनको लक्ष्य पछ्याउने क्रममा पुनेले १६ दशमलव १ ओभरमा सबै विकेट गुमाएर एक सय ८ रन मात्र बनाउन सफल भयो ।
पहिले ब्याटिङ गरेका दिल्लीले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै दुई सय पाँच रन बनाएको थियो । दिल्लीको लागि सन्जु सामसोनले सर्वाधिक एक सय २ रन बनाए । यस्तै क्रिस मोरिसले नटआट ३८, ऋषभ पन्तले ३१ तथा समा विलिङग्सले २४ रन बनाएका थिए ।
जवाफि ब्यटिङमा उत्रेको पुनेले सबै विकेट गुमाएर एक सय ८ रनमात्र बनाउन सफल भयो । पुनेको लागि मयंक अग्रवालले २०, रजत भाटियाले १६ र दीपक चहरले १४ रन बाहेक अन्यले दोहोर रन जोड्न सकेनन् । दिल्लीका लागि अमित मिश्रा र जाहिर खानले समान तीन–तीन विकेट लिए भने प्याट कममिन्सले दुई विकेट लिए ।
दुई खेलबाट दुई अंकसहित दिल्ली तेस्रो स्थानमा छ । तीन खेलमा दुई खेल हारेको पुणे दुई अंकसहित पुछारमा छ ।
इन्डियन प्रिमियर लिग (आइपिएल)
क्रिकेट
दिल्ली डेयरडेभिल्स
पुने