समाज

पूर्वसांसद ढुंगेलविरुद्ध अपहेलना मुद्दा

पूर्वसांसद ढुंगेलविरुद्ध अपहेलना मुद्दा
चैत्र–३० । माओवादीका पूर्वसांसद बाल कृष्ण ढुंगेलविरुद्ध अधिवक्ता दिनेश त्रिपाठीले अदालतको अपहेलना मुद्दा दर्ता गरेका छन् । ज्यान मुद्दामा फैसला गर्ने पूर्व प्रधानन्यायधीश कल्याण श्रेष्ठको फिला चिर्ने धम्की दिएकोले ढुंगेलविरुद्ध अपहेलना मुद्दा दर्ता गरिएको बताइएको छ । दायर गरिएको उक्त निवेदनमा ढुंगेललाई तत्काल अदालतबाट वारेन्ट जारी गरि गिरफ्तार गर्न समेत माग गरिएको छ । यो मुद्दाको बिहीबार सुनुवाईको मिति तोकिएको छ ।

अदालत अधिवक्ता दिनेश त्रिपाठी अपहेलना मुद्दा बाल कृष्ण ढुंगेल

विशेष