खेल

डिपिएलः काठमाडौं विराटनगरविरुद्धको खेलमा ८६ रनले विजयी

डिपिएलः काठमाडौं विराटनगरविरुद्धको खेलमा ८६ रनले विजयी

चैत्र–३० । धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेटअन्तर्गत बुधबार भएको खेलमा काठमाडौं गोल्डेन ८६ रनले विजयी भएको छ ।

काठमाडौंले दिएको १७४ रनको लक्ष्य पछ्याएको विराटनगर किङ्ग्सले १८ दशमलव ५ ओभरमा सबै विकेट गुमाएर ८७ रन मात्र बनाउन सफल भयो । पहिले ब्याटिङ गरेको काठमाडौंले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १७३ रन बनाएको थियो । काठमाडौंको लागि सुमित महर्जनले नटआउट ४४ रन जोडे । त्यस्तै सोमपाल कामीले ३९ रन, बसन्त रेग्मीले ३०, शुभेन्दु पाण्डेले २७ तथा नरेन्द्र वढाऐरले १३ रनको योगदान दिएका थिए ।

विराटनगरको लागि शरद भेषवाकरले २ विकेट लिए भने सन्दीप लामिछाने र सन्दीप कँडेलले समान एक–एक विकेट लिए ।

जवाफि ब्याटिङमा उत्रेको विराटनगर भने ८७ रनमै अलआउट भएको थियो । विराटनगरको लागि दीपेन्द्र सिंह ऐरीले ३१ रन जोडे भने शरद भेषवाकरले १३ र जितेन्द्र मुखियाले ११ रन जोडे भने अन्यले दोहोरो अंक जोड्न सकेनन् । काठमाडौंका लागि सन्तोष भट्टले सर्वाधिक ३ विकेट लिए । त्यस्तै वसन्त रेग्मी र भुवन कार्कीले समान दुई–दुई विकेट लिए भने मनजित श्रेष्ठले १ विकेट लिए ।

काठमाडौं गोल्डेन क्रिकेट धनगढी प्रिमियर लिग (डिपिएल) विराटनगर किङ्ग्स

विशेष